नेपालमा प्राबिधिक शिक्षाको अवस्था , चुनौती र अवसरहरु

नेपालमा प्राबिधिक शिक्षाको अवस्था , चुनौती र अवसरहरु

13494916_1059132547506289_1079381730717265055_nनेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै विधार्थीहरु अहिले उच्च शिक्षा हासिलको लागि विभिन्न देशहरुमा भौतारिने गरेको तथ्यांक पनि हाम्रासामु प्रष्टै छ । यसरी विदेशी शिक्षा उच्च वर्गीयहरुको लागि त ठीकै होला तर मध्यम र निम्नवर्गीय मानिसहरुको लागि झनै समस्याको विषय बनेको छ ।  यसै कारणले पनि होला मध्यम र कमजोर आर्थिक स्थिति भएका र छोटो  समयमा अध्ययन गर्छु भन्ने चाहना भएका विधार्थीहरुका लागि भने अहिले प्राविधिक शिक्षा अभिसाप बन्न पुगेको छ ।
विश्वभर नै सूचना प्रविधिमा भईरहेको तीब्र विकासको प्रभाव नेपालमा पनि विस्तारै पर्दै गईरहेको छ । विश्वभर भईरहेको प्रविधिको विकासप्रतिको आकर्षणले गर्दा प्राविधिक र व्यवहारिक शिक्षाप्रति नेपाली विधार्थीहरुको पनि आकर्षण बढ्दै गईरहेको देखिन्छ । तर, यसका पछाडि धैरै चुनौतिहरु रहेका छन्, साथमा अबसरहरु पनि त्यस्तै छन् ।
तपाई प्राविधिक शिक्षा पढ्ने तयारीमा हुनुहुन्छ भने तपार्इ सबैभन्दा पहिले यो प्रष्ट हुनु आवश्यक छ कि प्राविधिक शिक्षा पढ्ने शोख तपाईको हो या त तपाईलाई प्राविधिक शिक्षा पढाउने निर्णय परिवारले लिएका हुन्। आफ्नो सुझबुझविना तपार्इ परिवारको दबाबमा परी प्राविधिक शिक्षा पढ्दै हुनुहुन्छ भने  सम्झनुस् यो तपार्इले ठूलो भूल गर्दै हुनुहुन्छ । यदि तपाई परिवारको दबाबमा प्राविधिक शिक्षा रोज्दै हुनुहुन्छ भने तपाईले धैरै चुनौतिको सामाना गर्नुपर्ने हुन्छ किनकि यो प्राविधिक शिक्षा सुनेको जस्तो सजिलो छैन । यदि प्राविधिक शिक्षा पढ्ने शोख भित्रदेखिको नै  हो  म जसरी पनि यो विषयमा सफल भएरै  छोड्छु भन्ने इच्छाशक्ति तपाईसँग छ भने त्यो असम्भव पनि छैन तपाई अवस्य सफल हुन सक्नुहुन्छ ।
त्यो सबै तपाईको इच्छाशक्ति र मेहनतमा भर पर्नेछ । यसको लागि तपाईले धैरै कुराहरु बझ्नुपर्ने हुन्छ । सबैभन्दा पहिले तपाईले कलेज छान्दा त्यसको शिक्षाको गुणस्तरका बारेमा बुझ्नुहोस, त्यहाँको शिक्षण विधिको बारेमा पनि बुझ्नुहोस, शिक्षकको शिकाई शैलीको बारेमा बुझ्नुहोस, त्यहाँको प्रयोगशालाका बारेमा बुझ्नुहोस अनि मात्र छनोट गर्नुहोस आफूले पढ्ने कलेज। नत्र तपाई शिक्षाको नाममा भैइरहेको लूटतन्त्रको शिकार बन्न सक्नुहुनेछ ।
यस्ता धैरै कलेजहरु छन जसले विधार्थी भर्नाको समयमा धैरै सुविधाहरु छन् भनेर धैरै झुठा मन्त्रहरु लगाएर विधार्थीहरु तान्ने गरिहेका छन । कुनै पनि कलेजले भर्नाको समयमा देखाएका आश्वासन पुरा गर्न सक्दैनन् र उनीहरुले भने अनुसारको सुविधा त्यहाँ हुदैन । ती सबै विद्यार्थी तान्ने खेलमात्र हुन्। त्यसैले यसमा पनि ध्यान दिनुपर्ने धेरै कुराहरु छन् ।
अहिले प्राविधिक शिक्षा क्षेत्रमा पनि धैरै अनियमितता हुन थालेका छन । प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्ले दिने विधार्थी सहुलियतमा चरम अनियमितता छ । विधार्थीलाई दिने सहुलियतमा पनि राजनितिक दबाब र भागबन्डा हाबी हुँदा पाउनुपर्नेले सहुलियत पनि धेरैले पाउने गरेका छैनन् भने पाउने गरेका सहुलियतहरु पनि कर्मचारीतन्त्र हावी हुँदा कर्मचारीका आफन्त र राजनीतिक दलका आसेपासेले पाउने गरेका छन । त्यस्तै अर्को तिर प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्ले कलेजलाई विद्यार्थीका लागि दिने गरेको आर्थिक सहुलियतमा पनि चरम अनियमितता हुने गरेको छ । यहाँ पनि स्पष्ट रुपमा आफुखुसीतन्त्र र आफन्ततन्त्र चलेको देखिन्छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका केहि यस्ता कलेजहरु पनि छन जुन प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्को मापदण्ड पुगेका छैनन् । केहिमा त प्राविधिक शिक्षाका लागि आवश्यक पुर्वाधार नै छैन । त्यसैले मापदण्ड नपुगेका र आवश्यक पुर्वाधार नपुगेका शिक्षण संस्थालाई खारेज गरी गुणस्तरीय प्राविधिक शिक्षामा ध्यान दिनैपर्ने देखिन्छ । प्राविधिक शिक्षाको एउटा हिंसा प्रयोगशालाको अवस्था अन्य शैक्षिका संस्थाको भन्दा सुविधाजनक देखिएपनि गुणस्तरीय प्राविधिक शिक्षाको लागि भने यो पर्याप्त छैन ।
कुनै कलेजहरुको प्रयोगशालाहरुको अवस्था पनि प्राविधिक शिक्षाको तुलना गरेर हेर्दा नाजुक नै देखिन्छन् । विशेष मापदण्ड बनाएर यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने शिक्षण विधिमा पनि केहि परिवर्तन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, परीक्षा आधारित भन्दा पनि प्राविधिक शिक्षालाई प्रयोगात्मक र व्यवहारिकता तर्फ उन्मुख गर्नुपर्छ । कलेजलाई बुझाउने अतिरिक्त शुल्क अनुसारको सेवा सुविधाहरु पनि विधार्थीलाई केहि कलेजहरुले दिने गरेको भए पनि अधिकांश कलेजहरुले उपलब्ध गराउने गरेका छैनन् । यसमा कलेजहरुले विद्यार्थीलाई अतिरिक्त शुल्क अनुसारको सेवा शुल्क उपलब्ध गराउनु पर्ने देखिन्छ र विद्यार्थी पनि यसतर्फ सचेत रहि आवाज उठाउनुपर्ने देखिन्छ ।
पछिल्लो समयमा एस एल सी र एस ई ई उत्तीर्ण जुनसुकै विधार्थीको मुखमा प्राविधिक शिक्षा नै झुन्डिएको छ । छोटो समयमा सीप हाँसिल गरी व्यवसायिक र जिविकोपार्जन तर्फ उन्मुख हुन सकिने भएकोले यसप्रतिको आकर्षण बढ्दै गईरहेको देखिन्छ । यसमा सैद्धान्तिक भन्दा प्रयोगात्मक तर्फ बढी नै केन्द्रित भइने हुँदा जागिर नपाएपनि सीप हातमा हुने भएकोले आफैँले नै व्यावसाय सञ्चालन गर्न सकिन्छ ।
अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न समय अवधिको प्राविधिक शिक्षा तथा तालिमहरु दिँदै आइरहेका छन् । यसमध्ये अठार महिना र तीन वर्षे डिप्लोमा कोर्सप्रति धैरैको ध्यान जाने गरेको छ । यस कोर्ष पुरा गरी सकेपछि स्वदेश तथा विदेशका विभिन्न कम्पनीहरुमा काम गर्नको लागि सहज वातावरण सिर्जना हुनुका साथै माथिल्लो तहको उच्च शिक्षा हासिल गर्न चाहने तर आर्थिक स्थिती कमजोर भएका विधार्थीलाइ समेत काम गर्दै उच्च शिक्षा हाँसिल गर्न सहज वातावरण सिर्जना हुने भएकोले पनि यसप्रतिको आकर्षण बढ्दै गईरहेको छ ।
यो शैद्धान्तिक भन्दा प्रयोगात्मक र व्यवहारिकतातर्फ उन्मुख भएकोले आफुले नै केहि गर्न सकिने छ । नेपालको अहिलेको यो स्थितिमा प्राविधिक शिक्षा हासिल गरे भनेर ढुक्क हुने स्थिति भने छैन । अस्थिर राजनितिक व्यवस्थाका कारण नेपालमा अद्योगिक क्षेत्रको विकास एकदमै न्युन रहेकोले सबै प्राविधिकहरु खपत हुने अवस्था भने पक्कै छैन । प्राविधिक शिक्षा हासिल गरिसके पछि पनि धैरै चुनौतिहरु छन । यस्ता चुनौतिहरुको पनि सामना गर्नुपर्ने देखिन्छ । डिप्लोमा तहको प्राविधिक शिक्षाको अध्यापन गराउँदै आईरहेको एक मात्र प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषद्को पछिल्लो समयमा भइरहेका अराजक गतिविधी र कजेजहरुको मनोमानी शुल्क असुलीले विधार्थीहरु मर्कामा पर्दै आईरहेका छन ।
प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अहिले राम्रो कलेज खोज्न समेत समस्या सिर्जना हुन थालेको छ । गुणस्तरीय शिक्षा भन्दा पनि अहिले शिक्षण संस्थाहरु व्यावसायीकरण तर्फ उन्मुख हुँदै गईरहेका छन् । यसतर्फ सचेत रही सहि र गुणस्तरीय शिक्षाको लागि सहि शिक्षण संस्था छनोट गर्नुपर्न देखिन्छ । भने प्राविधिक शिक्षा तथा तालिम परिषदले पनि विद्यार्थीको भविष्यमाथि भईरहेका अराजक गतिविधी अन्त्य गरी गुणस्तरीय शिक्षातर्फ कदम चाल्नु पर्ने देखिन्छ भने राज्यले  पनि प्राविधिकहरुको पदको लागि पहलकदमी चाल्नुपर्ने देखिन्छ । - 
Computer  Faculty Topper of KIT Engineering College - Anjan KC
यो मेरो लेख हाम्राकुरा अनलाइन मा २०७४ श्रावण १५ आइतबार प्रकाशित भएको थियो