विद्यासुन्दरलाई खुल्लापत्रः दिउँसै सडकले मान्छे निल्दा ‘स्मार्ट सिटी’ अबधारणाले गिज्याएन र ?

विद्यासुन्दरलाई खुल्लापत्रः दिउँसै सडकले मान्छे निल्दा ‘स्मार्ट सिटी’ अबधारणाले गिज्याएन र ?

जहाँनिया राणा शासन, पञ्चायती व्यबस्था र राज्यतन्त्रको अन्य हुदै गणतन्त्रसम्म आइपुग्दा पाएको एउटा अधिकार अभिव्यक्ती स्वतन्त्रताको सदुपयोग गर्दै एउटा खुल्ला पत्र लेख्दै छु । तपाईसँग मेरो पत्र पढ्ने त समय छैन होला । तर पनि म अभिव्यक्ती स्वतन्त्रताको प्रयोग गर्दै केहि कुरा लेख्दै छु । कहाँबाट शरु गरु म अलमलमा परेको छु । जहाँनिया राणा शासन, पञ्चायती व्यबस्था र राज्यतन्त्रको अन्य हुदै अहिले मुलुक यतिबेला २०६२, ६३ को युगीन क्रन्तिका एजेण्डाहरु संस्थागत गर्ने अभियानमा होमिएको छ ।
 संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न भएमात्र २०६२, ६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त म्याण्डेट पुरा हुनेछ र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुनेछ । अहिले स्थानिय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । तपाई पनि स्थानिय तहबाट निर्वाचित जनप्रतिनिधी हो । हामी विभिन्न सक्रमण कालहरु पार गर्दै यहाँसम्म आइपुगदा के पायौँ जनताले के पाए । सायद यो विषयमा कसैलले सोचेनौँ । हामीले यहाँसम्म आईपुग्दा पाउने भन्दा पनि धैरै गुमायौँ ।
 हामीले कालापानी गुमायौ, हामीले टनकपुर गमायौ, कोशी महाकाली पनि गमायौँ यति मात्र होईन अझ धेरै कुरा गमाएका छौ । देशमा भएका ठुला उपलब्धी र विकाश सबै कि त राणा शासणको बेला भएका छन् । त कति पञ्चायत र राजतन्त्रमा भएका छन त्यो भन्दा पछाडि हामीले पाउने भन्दा धेरै गुमायौँ । हामीले विराटनगर जुट मिल गुमायौँ, जनकपुर चुराट कारखाना गुमायौ, हेटैडा सिमेन्त उद्योग गुमायौँ । हामीले धेरै कलकारखाना नदि नाला गुमायौँ तर जनताले विकाश, परिवर्तन र क्रान्तिका आशाहरु कहिले पनि गुमाएनन् ।
पहिलो संविधान सभाको चुनावमा माओवादीलाई पहिलो पार्टी बनाए । दोस्रो संविधान सभाको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाए भने २०७४ सालको स्थानिय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाए। जनता विकल्प खोजी रहेका छन तर विकल्प भनेर कर्सैले उभिन सकेनन् । देश अहिले भएभित र दर्दनाक अवस्थामा उभिएको छ । देशले नया विकल्प खाजीरहेको छ । रुकुम , रोल्पा, जुम्ला, डाल्पा,बझाङका जनताले अझै पनि सिटामोल पाईरहेका छैनन् एक छाक भात खान पाएका छैनन् तर हाम्रो देशका प्रधानमन्त्री, मन्त्रीहरु भने व्लट प्रेसर चेक गर्न अमेरिका, बेलायत, थाइल्याण्ड धाईरहेका छन । अहिले देशको अवस्था विकराल बन्दै गईरहेको छ । देशको कुरा कुनै दिन गरौला ।
अब म देशको राजधानी काठमाडौं महानगरपालीकाको केहि कुरा लेख्दै छु । केहि महिना अगाडी काठमाडौं नगरपालीकालाई हर्न मुक्त क्षेत्र बनाउने भनेर घाषणा गरियो । दिनप्रतिदिन सवारी साधनको चापले गर्दा भईरहेको ध्वनी प्रदुषण नियन्त्रणका लागी यो एउटा आफैमा राम्रो विकल्प थियो । तर काठमाडौंका साघुरा सडक कमजोर ट्राफिक ब्यवस्था र विना पुर्वाधारको योजना भनेर चौतफी विरोध भयो । साच्चीकै हेर्ने हो भने काठमाडौंको सडकको अवस्था निकै नै नाजुक छ । मेयर साब तपाईको स्मार्टफोन किनेर स्मार्ट चर्पी र स्मार्ट सिटी बनाउने योजना सभाग्रहभित्रबाट घाषणा गर्दै गर्दा अषाढ ३० गते शुक्रबार दिउसो अविरल बर्षापछि कामाण्डौँका सकड भने ढलहरुको पानी मिसिएर साच्चीकै विश्वका अनौठा स्मार्ट चर्पी बने । शुक्रबार काठमाडौंका सकड र ढलकाका नालीहरु छुट्याउनै नसकिने अवस्थामा थिए । व्यवस्थित ढल निकास नहुनाले काठमाडौंका अधिकांश स्थानहरु जलमग्न बने भने सामाखुसी पनि पुरै जलमग्न भयो ।
स्कुलबाट घर फकिदै गरेकी एक बालीका सत्या सापकोटा सडक र ढलको नाली छुट्याउन नसकेर नालीमा पसिन र झण्डै ५० मिटर जति तल नालीभित्रबाटै वग्दै गर्दा उद्दार गरियो । मेयर ज्यू काठमाडौं महाँनगरको कस्तो अवस्थाका माझ तपाईले अघि सारेको स्मार्ट सिटीको अबधारणामाथि प्रश्न उठेको छ । मेयर ज्यू स्मार्ट सिटीको अबधारणा घोषणा गर्नुपुपर्व तपाईले काठमाडौं महानगरका गल्ली गल्लीमा पैदल यात्रा गरी समस्या केलाउनु पर्ने जरुरी देखिन्छ नत्र तपाईको स्मार्ट सिटीप्रति जनताले औला उठाउने छन् । मेयर ज्यू काठमाडौं महाँनगरमा स्मार्ट सिटीको अबधारणाभन्दा पहिले धैरै कुराको समाधान गर्नुपर्ने देखिन्छ ।
 पहिले सडक सडका खाल्डाहरु पुर्नुहोस् पैदल यात्रुका लागी सडकका पेटी लागाएर वृक्षारोपन गर्नुहोस्, फुटपाथहरु व्यवस्थित गर्नुहोस्, सडक सडकको दुर्गन्ध र फोहोर व्यवस्थापन गर्नुहोस्, महाँनगरका सवारीचापको व्यवस्थापन गर्नुहोस् अनि मात्र स्मार्ट सिटीमा प्रवेश गर्नुहोस् । मेयर साब तपाई जनताको प्रतिनिधी हो त्यसैले पार्टीको गुलाम होईन जनताको गुलाम भएर काम गर्नुहोस् । असम्भब कमि केहिको छैन । कमि छ त केवल गर्छु भन्ने चाहनाको ।
अहिले दिनहु विकाश निमार्णको नाममा १० र्आै अर्व रकम फालाफाल भैरहेको छ । वजेट सिध्याउने खेल चलिरहेको छ । विषेश गरि वजेट सिध्याउनैको लागी आर्थिक बर्षको अन्त्यतिर वजेट विनियेजित हुन्छ । अब यसरी बन्ने सडक कति कमजोर होलान् अनि कति वर्ष टिक्लान त्यसैले मेयर साब आजैबाट सडक विभागसंग परामर्स गर्नुहोस । विकाश निमार्ण र सडक मर्मत गर्ने काममा वजेट सिध्याउने खेल नहोस् । त्यसैले अग्रसर हुनुहोस् विकाश निर्माणका काममा निगरानी राख्नुहोस् अनि मात्र स्मार्ट सिटीको अबधारणाले पुर्णता पाँउने छ । होइन भने झुठा आस्वासन दिने काम तत्काल बन्द गर्नुहोस् । हाम्रकुरा अनलाइन-प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
, ६,२५२ पटक हेरिएको